किन हटायो भारतले प्लाज्मा थेरापी उपचार विधी
भारतले कोरोना संक्रमितलाई प्लाज्मा थेरापीले कुनै फाईदा नहुने भन्दै यो उपचार विधि हटाएको छ ।
यो प्लाज्मा थेरापी विधीले गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले यो विधिबाट उपचार गर्ने पद्धती हटाईएको इन्डियन काउन्सिल अफ मेडिकल रिसचले जनाएको छ ।
गएको साता त्यहाँ बसेको कोभिड–१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागी बिज्ञहरुले कोरोनाबाट निको भएकाहरूको प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने सल्लाह दिएका थिए ।