सरकारविरुद्ध बालुवाटारमा प्रदर्शन गर्दा कृष्ण पहाडी सहित २६ अधिकारकर्मी गिरफ्तार

न्यूज समय

मानवअधिकार तथा शान्ति समाजले आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ। सो क्रममा २६ अधिकारकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ।

ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयासविरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री/मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरिएको समाजले जनाएको छ।

प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यसहित २६ जनालाई गिरफ्तार गरेको हो।