नेपाली फुटबल टोलीका पूर्वगोलकिपरको निधन
नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)कापूर्वमहासचिवसमेत रहेका शाहीको आइतबार साँझ मृत्यु भएको एन्फा अध्यक्ष कर्मा छिरङ शेर्पा जानकारी दिएका छन् ।
शर्पाका अन्सार ६५ वर्षीय शाहीको दैलेखमा निधन भएको हो । शाही सन् १९८२ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीमा समावेश थिए । शाही नेपाली फुटबल टोलीका त्यो समयका उत्कृष्ट गोलकिपर थिए ।
सन् १९८४ मा साफ फुटबलमा स्वर्ण पदक जित्दा शाही नेपाली टोलीमा थिए ।