पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९८, भक्तपुरमा २५ र ललितपुरमा २८ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर १८४ जना कोरोना संक्रमितको आईसीयुमा र ३२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
गत चौबीस घन्टामा ५ हजार १ सय ३२ पीसीआर परीक्षण भएको छ।
न्यूज समय
२३ पुस, २०७७, बिहीबार ००:००