बार्सिलोना भलेन्सियासँग बराबरीमा रोकियो

न्यूज समय

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार सम्पन्न खेलमा बार्सिलोना भलेन्सियासँग २(२ गोलको बराबरीमा रोकिएको हो।

बार्सिलोनाका लागि लियोनेल मेसी र रोनाल्ड अराउजोले एक एक गोल गरेका थिए भने भलेन्सियाका लागि मोउसटार डियाखबी र म्याक्सी गोमेजले एक एक गोल गरेका थिए।

मेसीले क्लब फुटबलमा ब्राजिलका खेलाडी पेलेको ६४३ गोलको रेकर्डको बराबरी गरेका छन्। मेसीले ७४८ खेलमा ६४३ गोल गरेका छन्। त्यस्तै पेलेले भने क्लब फुटबलमा ६५६ खेलमा ६४३ गोल गरेका थिए।

यो बराबरी पछि बार्सिलोनाको १३ खेलमा २१ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ। त्यस्तै भलेन्सियाको भने १४ खेलमा १५ अंक रहेको छ।