लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड होउलियरको निधन

न्यूज समय

इंग्लिस क्लब लिभरपुलका पूर्व प्रशिक्षक जेरार्ड होउलियरको ७३ वर्षको उमेरमा निधन भएको छ । 

फ्रान्सेली जेरार्ड सन् १९९८ देखि २००४ सम्म प्रशिक्षक रहँदा लिभरपुललाई पाँच प्रमुख उपाधि दिलाएका थिए ।

उनी लेन्स, पेरिस सेन्ट–जर्मेन (पीएसजी), लियोन र फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षक बनेका थिए । सन् २०००–००१ मा उनको नेतृत्वमा लिभरपुलले एफए कप, लिग कप र युइएफए कपको उपाधी जितेको थियो । 

उनले सन् २०११ मा एस्टन भिल्लाको प्रशिक्षण सम्हालेका थिए ।