१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

ब्राइटनलाई हराउदै साउथह्याम्पटन इंग्लीश प्रिमियर लिगको पाँचौं स्थानमा

इंग्लीश प्रिमियर लिग फुटबलको गएराती भएको खेलमा साउथह्याम्पटनले ब्राइटनलाई २–१ ले हराएको छ । गएराति ब्राइटनको मैदानमा भएको खेलमा पास्कल ग्रसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।

तर यसपछि साउथह्याम्पटनका यानिक भेस्टेरगार्ड र ड्यानी इंग्सले एक–एक गोल गर्दै टोलीलाई विजयी गराए । एक महिना मैदान प्रवेश गरेका इंग्सले पहिलो खेलमै विवादास्पद पेनाल्टीमार्फत गोल गरेका हुन् ।

पेनाल्टी दिने भिजुएल असिस्टेन्ट रेफ्रीको निर्णय फेरि एक पटक विवादित बनेको छ । जितसँगै साउथह्याम्पटन ११ खेलबाट २० अंक जोड्दै प्रिमियर लिगको पाँचौ स्थानमा उक्लिएको छ ।

शिर्ष स्थानको टोटनह्याम हट्सपर र दोस्रो स्थानको लिभरपुलको समान २४ अंक रहेको छ । २२ अंकसहित चेल्सी तेस्रो स्थानमा रहँदा चौथो स्थानको लेष्टर सिटीको २१ अंक छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*