१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

१३औं सागमा नेपालको स्वर्ण पदकको खाता खुल्यो , मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

१३औं सागमा नेपालको स्वर्ण पदकको खाता खुल्यो , मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले स्वर्ण पदकको खाता खोलेको छ ।
सोमबार भएको प्रतिस्पर्धामा करातेको पुरुष व्यक्तिगत कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते संगै नेपालको तर्फबाट स्वर्ण पदकमा खाता खोलिएको हो ।
आयोजक तथा घरेलु मैदानमा श्रेष्ठले पाकिस्तानका नाइमात्ल्लाहलाई पराजित गरेका थिए ।
तिब्र प्रतिस्पर्धामा भएको खेलमा फाइनल राउन्डमा नेपालको तर्फबाट श्रेष्ठले २५.७२ अंक ल्याएका थिए भने पाकिस्तानका नाइमातुल्लाहले २४.५२ अंक प्राप्त गरेका थिए ।

आउँदा बुधबार सम्म चल्ने करातेमा कुल १९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
सोमबार (आज) मात्रै करातेमा व्यक्तिग र टिम काता गरी चार स्वर्ण र फाइटका ५ स्वर्णमा प्रतिस्पर्धा हुँदैछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*