१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

आत्महत्यासम्मको घटना हुन थालेको भन्दै नेपालमा पब्जी खेल प्रतिबन्ध

२८, चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार (आज) देखि पब्जीखेलमा प्रतिबन्ध लगाएको छ ।
पब्जीका कारण बालबालिका नकारात्मक तथा बयस्कहरुमा रिसाहा बन्ने खालका समस्या बढन खालेको गुनासो आएपछि यो खेलमा प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
पब्जी खेलका कारण समाजमा आत्महत्या सम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए ।
इन्टरनेट मार्फत खेलिने यो खेल दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले उत्पादन गरेको हो ।

यो खेल नेपालमा यूवा पुस्तामा बढि लोकप्रिय थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*