१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

बिश्वकपमा जाने नेपाली टोलीलाई बिदाई गरियो

१४, चैत, काठमाडौँ । अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई बिहिबार (आज) एक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको छ ।

बिहान मन्त्री निवास पुल्चोकमा एक कार्यक्रमको आयोजना गरि खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका हुन ।
त्यस अबसरमा मन्त्री थापाले विश्वकप जस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु नेपालका लागि खुशीको कुरा भएको बताए । नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आफू आशावादी रहेको भन्दै उनले खेलाडीको वृत्ति विकास र खेल क्षेत्रको पूर्वाधार निर्माणमा वर्तमान सरकारको ध्यान केन्द्रित रहने समेत बताए ।

बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा बुधबार (हिजो) राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । टोलीमाा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ रहेका छन् ।

प्रशिक्षकमा भने कमल विष्ट छन् । विश्वकप खेल्न नेपाली टोली बिहिबार (आजै) त्यसतर्फ प्रस्थान गर्दैछ । नेपाल समूह ‘डी’ मा छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छ ।

नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । विश्वकपमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो ।
–––

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*