४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

९ महिनापछि पशुपतिनाथ मन्दिर आजदेखि सबैका लागि खुला

सर्वसाधारणका लागि नौ महिनासम्म बन्द गरिएको पशुपतिनाथ मन्दिर आजदेखि खोलिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गत वर्ष चैत दोस्रो सातादेखि लागू गरेको देशव्यापी लकडाउनयता सर्वसाधारणले पशुपतिनाथ दर्शन गर्न पाएका थिएनन् ।

कोरोना संक्रमणको दर घट्न थालेपछि मन्दिरलगायत भीडभाड हुने क्षेत्रहरु क्रमसः खोल्दै लाने सरकारी नीतिअनुसार बुधबारदेखि पशुपति खुला गरिएको हो ।

यसअघि मंगलबार मन्दिरमा क्षामा पूजासमेत सम्पन्न भएको थियो । प्राचीनकालदेखि नित्य पूजा हुँदै आएको मन्दिर लामो समयदेखि बन्द हुँदा राष्ट्रपति बिद्यादेवी भण्डारीसमेतको उपस्थितिमा क्षामापूजा गरिएको हो ।

मन्दिरका दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदन्ड पूरा गरेको हुनुपर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अहिले मन्दिरको पश्चिम ढोकामात्र खोलिएको छ । भक्तजनले पश्चिम ढोकाबाट मन्दिर प्रवेश गर्ने र सोही ढोकाबाट बाहिर निस्कनुपर्नेछ ।

आजदेखि खुलेपनि पशुपतिनाथ मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुनेछैन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*