१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

४० बर्ष माथिका र १८ बर्ष पुरा भएका परिक्षार्थीलाई भेरोसेल खोप दिईदै

(आज) शुक्रबार देखि उपत्यकामा ४० बर्ष माथि उमेर समुहका मानिसलाई कोरोना भाईरस बिरुद्धको भेरोसेल खोप लागाईदै छ ।
त्यस्तै १८ बर्ष पूरा भएका कक्षा ११, १२ तथा विश्वविद्यालयका प्रवेशपत्र लिएका परिक्षार्थीलाई पनि कोरोना बिरुद्धको खोप दिन लागिएको छ । त्यसकालागि यसअधि लागाउँदै आएका केन्द्र बाहेक ८ वटा खोप केन्द्र थप गरिएको छ ।
थपिएका खोप केन्द्रहरुमा राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताल रहेका छन् ।
थपिएका यि केन्द्रहरुमा यस अघि अग्रपङ्क्तिमा खटिनेहरुलाई मात्र खोप लागाईदै आईएको थियो ।
यि खोप केन्द्रहरुमा शुक्रबार, सनिबार र मंगलबार गरी ३ दिन खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*