१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

२०७८ सालमा तीन वटा दशैं

आगामी २०७८ सालमा तीन दसैँ परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो अनुसार यस बर्षको चैते दशै २०७८ बैशाख ७ गते परेको छ । यस वर्ष असोजमा मलमास अधिकमास परेकाले यस बर्षको चैते दसैं अर्को बर्ष सरेको हो ।
यसैगरी २६ चैत २०७८ शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात चैते दसैँ परेको छ ।
बडादसैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैँ आगामी वर्षको २१ असोज बिहीबार घटस्थापना गरेर सुरु हुने समिति द्वारा स्वीकृत पात्रोमा उल्लेख छ ।

२७ असोज बुधबार महाअष्टमी, २८ असोज बिहीबार महानवमी र २९ असोज शुक्रबार विजयादशमी परेको छ । कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार १६ कात्तिक मङ्गलबारदेखि सुरु हुनेछ ।

दसैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा १८ कात्तिक बिहीबार र भाइटीका २० कात्तिक शनिबार परेको छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । वर्षमा चारपटक अर्थात चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ ।

असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन ।।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*