७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

२०१९ को साग पुरुष फाईनल फुटबल मंगलबार दिउँसो ३ बजे देखि हुने, नेपालले जित्ने सम्भाबना बलियो

काठमाडौं । पुरुष तर्फको साग २०१९को फुटबल खेल मंगलबार दिउँसो ३ बजे देखि हुने भएको छ ।
दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा हुने खेलमा नेपाल र भुटान बिच प्रतिशप्रर्धा हुन लागेको हो ।
यस अघि सन २०१६, १९९३, १९८४ मा फुटबल खेल खेलको उपाधी जिति सकेको नेपालले यस पटकको खेल पनि जेत्ने पक्का जस्तै देखिएको छ । नेपाली खेलाडीहरुले देखाएको आत्मबिश्वासले नेपालले खेल जित्ने चर्चा चौतर्फी चलेकोे बताईन्छ ।
यस अघि सन १९८७ र १९९९ मा पनि नेपाल फाईनल खेल खेलिसकेको छ ।
आईतबारको जित संगै नेपाल छैंटौं पटक साग पुरुष तर्फको फुटबल फाईनल खेल खेल्दै छ ।
हिजो आईतबार भएको खेलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाईनलमा पुगेको हो । सुनील बलको गोल नै नेपालका लागि निर्णायक जितको गोल बनेको थियो । बलले गोल हाने संगै दर्शक दिर्घामा बसेका नेपाली सर्पोटरको हुटिङ अत्यधिक आएको थियो । हजारौं दर्शकले खचाखच भरिएको दशरथ रंगशालामा गोल गर्ने बलले नेपाली सर्पोटरबाट निकै स्याबासी पाएका थिए ।
यो जित संगै समुह बिजेतामा नेपालले १० अंक प्रप्त गरेर पहिलो बन्यो, भने फाईनलमा पुगेको भुटानले ९ अंक प्राप्त गरेर दोस्रो बनेको छ ।
भोलि मंगलबार हुने खेलमा नेपालले जिते अहिले सम्मको साग खेलमा नेपालको यो टिम नेपालका लागि उत्कृट र सफल टिम रहने खेल बिश्लेषकहरु बताउँछन् ।
यसले नेपाली फुटबल खेलाडीहरुको मनोबल समेत बढाउने र खेलमा लगानी गर्न सरकारलाई थप दवाब पर्ने देखिने समेत उनिहरुको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*