१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

१३ औं सग २०१९ को पुरुष फाईनल फुटबल नेपालले जित्यो ।

काठमाडौं । साग २०१९को पुरुष तर्फकोे मंगलबार दिउँसो भएको फुटबल खेल नेपालले जितेको छ ।
दशरथ रंगशाला त्रिपुरेश्वर काठमाडौंमा भएको खेलमा नेपालले भुटानलाई २–१ ले प्राजित गरेको हो ।
भुटानलाई हराउँदै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण जितेको हो ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको तर्फबाट १७ औं मिनेटमा अभिषेक रिजाले पहिलो गोल गरेका थिए । तर खेलको ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले एक गोल फर्काए संगै हाफ समय सम्म खेल बराबरी भएको थियो ।
खेलको दोस्रो हाफमा नेपालको तर्फबाट सुनिल बलले एक गोल गरे संगै फेरि नेपालले अग्रता लिएको थियो । बलले खेलमा उत्कृष्ट हेड गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । लगातार दवाब दिएको नेपालले भुटानलाई गोल फर्काउन दिएन् ।
अन्त्त साग २०१९को पुरुष तर्फको स्वर्ण नेपालले जिति छाड्यो ।
यस अघि सन २०१६, १९९३, १९८४ मा फुटबल खेलको उपाधी जिति सकेको नेपालले यो संगै चौथो पटक खेल जितेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*