१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

१०५ केजी चरेससहित तीनजना पक्राउ

२६, फाल्गुन, धादिङ । १०५ के.जि.चरेस सहित आईतवार (आज) बिहान धादिङको गजुरीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जाँदै गरेको ना५ख २८१२ नं.को बसमा लुकाइ छिपाई लैदाँदै गरिएको अवस्थामा उक्त परिमानको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए ।
पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उप–महानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका–७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह कानु रहेका छन । उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो । यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो परिमाणको अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*