४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

हिन्दु संस्कार अनुसार सोह्र श्राद्ध सुरु

हिन्दु संस्कार अनुसार गरिने सोह्र श्राद्ध आज मंगलबार देखि प्ररम्भ भएको छ ।
भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म १६ दिन तिथिअनुसार पितृ श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

शुक्ल पूर्णिमा देखि औंशी सम्म पितृहरूको मुक्ति तथा उद्दारका लागि घर वा तीर्थस्थलमा श्राद्ध कर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहदै आएको बिभिन्न शास्त्रमा उल्लेख छ ।

हिन्दु संस्कारमा वर्षको दुई पटक श्राद्ध गरि पितृहरुलाई पिण्डदान परिने परमपरा रहदै आएको छ ।

यस समयमा विशेषगरी मुस्ताङको कागवेनी, काठमाडौं उपत्यकाका गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटलगायतका पबित्र स्थानमा समेत श्राद्ध गर्न जाने गरेको पाईन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*