१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

हिन्दु धर्मावलम्वीहरुको दोस्रो ठुलो चाड तिहार शुरु

हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार मंगलबार (आज) देखि शुरु भएको छ ।
कार्तिक कृष्ण त्रयोदशी अर्थात यमपञ्चकको पहिलो दिन आज देखि काग तिहार शुरु भए पनि यस बर्ष काग र कुकुर तिहार (भोलि) बुधबार एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार बेलुका यमदीपदान सुरु हुन्छ । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
बुधबार बिहान सवा ७ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।
सवा ७ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा पनि भोलि नै गर्नुपर्ने समेत अध्यक्ष अधिकारीले बताए ।
हिन्दु धर्मावलम्वीहरुमा टाढा रहेका दिदी बहिनी र दाजु भाई संगै रहेर लगाईने टिकाको बिषेश महत्व मानिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*