८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

स्वरोजगार कोषको स्वरोजगार कर्जाबाट सफल उद्यमी बनिन् दोलखाकी शुष्मा श्रेष्ठ

दोलखाको जिरी नगरपालिका वडा न. ५ लिङ्गकन बजारमा शुष्मा श्रेष्ठ को ह्याण्डिक्याफ्ट एण्ड बुटीक उद्योग छ । उद्योगमा बिशेष गरी नेपाली कागजबाट निर्माण हुने बिभिन्न हस्त निर्मित सामाग्रीहरु बनाईन्छ ।
दोलखा क्षेत्रमा पाईने लोक्ता जातको बिरुवाको बोर्काबाट नेपाली काजग निर्माण हुन्छ । रुखको बोर्काबाट निर्माण हुने कागज अरु तरिकाले निर्र्माण हुने कागज भन्दा बलियो र अर्कषक देखिन्छ ।
त्यहि नेपाली कागजबाट शुष्माले बिभिन्न किसिमका हस्त निर्मित सामग्रीको व्यवसाय संचालन गर्दै आएकी छिन् ।
जिरी नगरपालिकामा शुष्मा उत्कृष्ठ र सफल व्यवसायीका रुपमा परिचित छिन् । महिलाले केही गर्न सक्दैन, पुरुषको भरमा जिवन निवार्ह गर्न महिला बाध्य हुन्छन् भन्ने जस्ता पुराना सोचलाई शुष्माले गलत सावित गरिदिएकी छिन् ।
शुष्माको उद्योगमा नेपाली कागजबाट निर्मित गिफ्ट आईटम, स्ट्ेशनरीका सामग्री, ग्रेटिङकार्ड, पेपर ज्वयलरी, पेपर बक्स, पेपर सपिङ व्याग, नेपाली कागजबाट बनेका नोटबुकहरु, फूलहरु, तथा सजावटका थुपै सामग्रीहरु निर्माण हुन्छन् ।


स्कूल जिवनमा आफ्नै ठाउँमा केहि नयाँ र उदाहरणीय काम गर्ने सोच राख्ने शुष्मा अहिले सोच अनुसारको काम गरेरै देखाएकी छिन् ।
स्कूल जिवन पछि शुष्माले काठमाडौको आइइसी आर्ट एण्ड फेसन कलेजमा आर्ट र फेसन पढेकी हुन् । पढाई अनुसार आफ्नै गाउँठाउमा पढेको र सिकेको सिपलाई सदुपयोग गर्ने चाहाना राख्थिन् शुष्माले ।
जागिर खाने सपना नभएको बताउने उनि सिकेको कला र सिपलाई सदुपयोग गर्न २०७१ सालमा जिरीको लिङ्गकन बजारमा घरबाट ५० हजारको लगानीमा ह्याण्डिक्याफ्ट उद्योग खोलिन् । र सिकेको कलालाई सदुपयोग गर्दै बिभिन्न सजावटका सामग्री निर्माण गर्न थालिन् उनले ।


५० हजारको लगानीमा खोलेको उद्योग खासै फस्टाउन नसकेपछि शुष्माले ऋण लिएर उद्योगलाई बढाउने यसै बाट स्वरोजगार भई जिवन निर्वाहको निक्र्योलमा पुगिन् ।
स्थानीय साथिभाई मार्फत युवा तथा साना व्यवसायी स्वरोजगार कोषले स्वरोजगार हुन चाहने युवालाई सहुलियत व्याजमा ऋण उपलव्ध गराउँदै आएको थाहापाए पछि शुष्मा जिरी स्थित एकिकृत फ्रेन्सीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पुगिन ।
शुष्माको योजना र उत्साह देखेर सहरकारी लिमिटेडले उनलाई सोरोजगार कोषबाट आएको रु २ लाख सहुलित कार्जा उपलव्ध गराईदियो ।
त्यहि ऋणबाट सुरु गरेको शुष्माको व्यवसाय अहिले झण्डै ८ लाखको भएको छ । उनको उद्योगबाट अहिले बार्षिक झण्डै ४ लाखको आम्दानी हुने शुष्मा बताउँछिन् ।
शुष्माको ह्याण्डिक्याफ्ट उद्योगमा अहिले ६ जनाले रोजगारी पनि गर्छन् । एक्लै सुरु गरेको यो व्यवसायले गाउँघरका दिदी बहिनीलाई रोजगार दिन पाउँदा हर्षका आँसु आउँछन् रे शुष्माका आँखाबाट ।
समाजमा आफै स्वरोजगार भएर केहि नयाँ गर्ने मेरो चाहानामा कहिले ब्रेक लागेन भन्छिन उनि । “सोच्दै गए आँट्दै गए सम्भव हुँदै गयो” उनि थप्छिन् ।
आफ्नो व्यवसायबाट सन्तुष्ठ रहेकी शुष्माको स्वरोजगार कोष आन्र्तरगतकोे २ लाख ऋण यहि पेशाको आम्दानीबाटै गएको २०७७ साल सम्म तिरी सकेको बताउँछिन् ।
शुष्माको घरमा ७ जनाको परिवार छ । दिदी, बहिनीहरुले पनि शुष्मालाई यो व्यवसायमा सघाउँछन् । यहि व्यवसायबाट मज्जाले घर व्यवहार, भाई बहिनीको पढाई लेखाई सवै पुगेको छ रे ।
शुष्मा अहिले ३८ औं बसन्त पार गरिसकिन् । आजकाल उनलाई दोलखा जिल्लामा फेशन डिजाईनर तथा बुटिक प्रशिक्षका रुपमा पनि चिन्छन् ।
दोलखामा फेसन तथा बुटिक सिक्न चाहनेलाई एक देखि तिन महिना सम्मको कोर्षको तालिम पनि दिदै आएकी छिन् शुष्मा ।


तालिम लिन चाहनेबाट ५ हजार सम्मको शुल्क लिएर सिप सिकाई दिन्छिन उनि । शिप सिकाउँदा आनन्द पनि आउने र त्यसबाट पनि राम्रै आम्दानी हुने शुष्माको भनाई छ ।
शुष्मालाई आफ्नो व्यवसाय अझ ठुलो बनाउने इच्छा छ । यसबाट बेरोजगार रहेका स्थानीय दिदी बहिनीलाई गाउँघरमै रोजगार दिने चाहाना छ रे । सिप सिक्न चाहनेलाई सिप सिकाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताउँछिन् ।
स्वरोजगार कोषको सहयोगले आफु यहाँ सम्म आईपुगेको बताउने शुष्मा सिप सिकेर स्वरोजगार हुन चाहने दिदी बहिनीलाई ऋण चाहिए युवा तथा साना व्यवसायी सोरोजगार कोषका दोलखा सहजकर्ता बर्दी कार्की संग समन्वय गर्न पनि सल्लाह दिन्छिन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*