७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एइबरलाई ३–१ ले हराउँदै रियलले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको हो । 

एइबरको मैदानमा रियललाई जीत दिलाउन करिम बेन्जिमा, लुका मोड्रिक र लुकास भाज्क्वेजले एक एक गोल गरे भने एइबरका लागि किकेले एक गोल फर्काए । 

जीतपछि रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । उसको १४ खेलबाट २९ अंक छ भने दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड २९ अंक जोडेर शीर्ष स्थानमा छ । 

पराजित भएको एइबर १५ अंकसहित १४ औं स्थानमा छ । गएराति नै भएका अन्य खेलमा सेल्टा डी भिगोले एलाभेस, ग्रानाडाले रियल बेटिस तथा गेटाफेले काडिजलाई समान २–० ले पराजित गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*