८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो, अझै भएन सवै मृतकको सनाखत

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा परि १७ जना घाईते भएका छन् ।
आईतवार बिहान दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौं तर्फ फर्कंदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट भण्डै ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईतेहरुको धुलिखेल अस्पतालमा, हेम्स अस्पतालमा, काठमाडौं मेडिकल कलेजमा लगाएतका अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बसका सहचालक विप्लव तामाङका अनुसार टायरको हावा फुस्किएर दुर्घटना भएको सहचालकको भनाइलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । चालकको अवस्था भने अझै थाह हुन सकेको छैन् ।
घटस्थालमा प्रहरीले उद्धार जारिराखेको र मृतकको पोष्टमाटम एवं पहिचाको काम भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*