१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सिंहदरवार र वालुवाटार घेर्ने अर्को आमसभा छिट्टै गर्ने प्रचण्डको चेतावनी

नेकपाको दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने अवस्था आउने बताएका छन्। भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने बताए ।

उनले भने–‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’ प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए। अध्यक्ष दाहालले ओली प्रवृतिका विरुद्धमा शान्तिपूर्ण क्रान्ति अर्थात ग्रिन रिभुलुशन आवश्यक भएको बताए । उनले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिएर केपी ओलीले पश्चताप गरे नेपाली जनताले माफी दिने पनि बताए ।

उनले ओलीको समुह छोडेर आफ्नो समूहमा फर्कनेको लिस्ट लामै भएको बताए । उनले भने,‘फर्कने मन्त्री पनि म सँग वार्ता गरिरहेका छन्। केपी जी तिर गएका मान्छेहरू फर्कने लाम लागेको छ। लामो लिस्ट भन्न सक्छु। अरू त अरू उहाँले मन्त्री बनाएका दुई जना मन्त्री पनि यता फर्कन म सँग वार्ता गर्दैछन्।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*