१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

सवै नेपालीलाई कोरोना विरुद्धको खोप निःशुल्क उपलब्ध हुन्छ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस विरुद्धको खोप सबै नेपालीले निःशुल्क पाउने बताएका छन्। कोरोना विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री ओलीले भने–‘सबै नेपालीलाई खोप निस्शुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, सवै नागरिक निश्चिन्त हुनुहोस् ।’ उनले १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरे।

उनले अहिले खोप लिएकाहरूले २८ दिनपछि खोपको दोस्रो डोज लिनुपर्ने भन्दै त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाले शक्तिशाली राष्ट्रहरूलाई समेत अफ्ठेरो पारेको भन्दै नेपालले भने डटेर सामना गरेको प्रधानमन्त्री ओलीले दावी गरे।

उनले कोभिड विरुद्ध खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद र मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्‌।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*