७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

सर्वोत्कृष्ठ कृषि व्यवसायीको सम्मानले कृषि पेशामा झनै हौसल्ला थप्यो गुल्मीका लिलबहादुरलाई

लटरम्म फलेका टमाटर । बिहानै टमाटरलाई अड्याउने काठका झिक्रो तथा टेकासोलाई मिलाउन बारीमै बेस्त भेटिन्छन् गुल्मी जिल्ला रेसुङ्गा न.पा. वडा नं. ७ बेतुखर्कका लिलबहादुर थापा ।
उमेरले ४३ बर्षका भए लिलबहादुर । गाउँघरमा एक सफल कृषि व्यवसायीको रुपमा परिचित छन् उनि ।
परम्परागत रुपमा निर्वाहमुखी कृषि कार्य गर्दै आएका लिलबहादुरको परिवार बिगत चार वर्ष देखि आधुनीक र व्यवसायीक कृषि कार्यमा सक्रिय भएर लागेको छ ।
लिलबहादुरको रेसुङ्गा नगरपालिका वडा न. ७ बेतुखर्कमा करिब ३ रोपनी जग्गामा कृषि व्यवसाय अन्तरगत तरकारी खेति गर्दैै आईरहेका छन् । आधुनीक प्रणाली अपनाएर उनले ६ वटा टर्नेलमा टमाटरखेती, बन्दागोभी, फूलगोभी, काँक्रा, तितेकरेला, तोराय, ब्रोकाउली लगायतका तरकारी खेती गरेका छन् ।
तरकारी खेति मात्र नभई तरकारीका बीउ बिजन उमार्ने र बेमौषमी तरकारीको नर्सरी राखि बेर्ना उत्पादन गरि बिक्री बितरण समेत गर्छन लिलबहादुर ।


लिलबहादुरको ४ जनाको परिवार छ । एक छोरी, एक छोरा, श्रीमति र आफु । परिवारका सवै जसो सदस्यले तरकारी खेतिको यो व्यवसायलाई सघाउँछन् । आफ्नो घर परिवारका श्रीमती र छोराछोरीहरुबाट आफुलाई भरपुर सहयोग भई रहेकोले पनि तरकारी खेतिबाट राम्रो आम्दानि भएको उनको भनाई छ । त्यसैले पनि आफु यो पेशाबाट सन्तुष्ट रहेको लिलबहादुरको बताउँछन् ।
लिलबहादुरले तरकारी र बेमौषमी तरकारीका बेर्ना बेचेर सम्पुर्ण घर खर्च चलाई बार्षिक भण्डै ३ लाख बचाउँछन् । उनको छोरी अहिले काठमाडौंमा बि.एसी. पढदैछिन् । छोरीको काठमाडौंमा साईन्सको पढाई तथा छोराको पढाईको सम्पूर्ण खर्च यहि व्यवसायबाटै पुर्याएको लिलबहादुर बताउँछन् ।
सुरुका दिनमा सामान्य अवस्थाबाट गुजार गरिरहेका थापाले परम्परागत रुपमा गर्दै आएको निर्वाहमुखी कृषि कार्यबाट मात्र अपेक्षाकृत आम्दानी हुन नसकेको अनुभव सुनाउँछन् । घरको आवश्यकता समाधान हुन नसक्ने स्तिथी भएपछि गुल्मी जिल्ला रेसुङ्गा न.पा. वडा नं.७, नेटा स्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सुलभ कर्जा लिएका थिए उनले ।
२०७४ साल फागुन महिनामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सुलभ कर्जा अन्तर्गत त्यस सहकारीबाट रु. २ लाख ऋण लिई आधुनिक कृषि व्यवसाय अन्तर्गत आफुले तरकारी खेति थालेको लिलबहादुर भन्छन् ।
लिलबहादुरले लिएको २ लाख कर्जा यहि २०७८ आषाढ महिना भित्र चुक्ता गरिसकेका छन् । तरकारी खेतिबाट भएको आम्दानीले कर्जा चुक्ता गरेपछी अहिले उनि संग भएको तरकारी व्यवसायबाट हुने आम्दानी चोखो बच्न थालेको उनको भनाई छ ।
गाउँमै बसेर राम्रो आम्दानी र भने जस्तो भए पछि बिदेश जानेत लिलबहादुर कल्पना पनि गर्दैन भन्छन् । बिदेशीएका तथा स्वदेशमै रहेका बेरोजगार युवा युवतीहरुलाई पनि व्यवसायीक रुपमा कृषि कार्यमा लाग्न समेत आग्रह गर्छन । उनि युवाहरुलाई भन्छन् “आउनुस बेमौषमी तरकारीका बेर्ना चाहिए म संग लैजानुस्, तरकारी खेति गर्नुस म सघाउँछु” ।


ग्रामीण बचत तथा ऋण सहकारी संस्थाले लिलबहादुरलाई असल ऋणी तथा सर्वोत्कृष्ट व्यवसायीक कृषकका रुपमा सम्मानित समेत गरिसकेको छ । आफ्नो सफल तरकारी व्यवसायले गर्दा सर्वोत्कृष्ट कृषि व्यवसायी सम्मान पाएकोमा भन्दै सम्मानले आफुलाई थप हौसल्ला मिलेको लिलबहादुर बताउँछन् ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका गुल्मी सहजकर्ता जिवन ज्ञवालीका अनुसार गुल्मीमा लिलबहादुरले सफल कृषि व्यवसायीका रुपमा क्षवि बनाएको बताउँछन् । स्वरोजगार कोषको कार्यालयबाट यस अघि लिलबहादुरको तरकारी खेति अनुगमनका क्रममा राम्रो र उत्कृष्ठ तरकारी कृषक बनेको पाईएको समेत ज्ञवालीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*