१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथा ८६ सेन्टिमिटर अग्लो भएको छ । आज सार्वजानिक भएको उचाई अनुसार सगरमाथाको उचाई ८८४८.८६ मिटर पुगेको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर थियो।

मंगलबार काठमाडौंमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गरेका थिए । नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो ।

सगरमाथा मापन टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम जिएनएसएस प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३, २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए।

उनीहरूले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएका थिए । नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको हो । ६६ वर्ष पहिले भारतीय सर्वेक्षण निकायले सगरमाथाको उचाइ नापेको थियो ।

चीनले सगरमाथाको उचाइ घटेको दाबी गरेपछि सगरमाथाको नयाँ उचाइ मापन गर्नु परेको हो । विश्वका कतिपय भूगर्भविद्हरूले सन् २०१५ नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथको उचाइमा फेरबदल भएको हुनसक्ने आशंका पनि गरेका थिए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*