१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा, बारले ४ दिन प्रधानन्यायाधीश बिरुद्ध प्रर्दशन गर्ने

सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
कानुन व्यवसायीहरुको प्रदर्शनलाई लक्षित गरी अप्रिय घटना हुनबाट रोक्न सर्वोच्च अदालत तथा नेपाल बार एशोसिएसन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सर्वोच्चका कर्मचारी तथा सेवा ग्राहिलाई प्रवेशमा पास भए मात्र मुख्य गेटबाट प्रवेश दिईएको छ ।
प्रर्दशनमा विद्यार्थी तथा अन्य व्यक्तिहरु पनि नेपाल बारको कार्यालय क्षेत्रमा प्रवेश गरेको भन्दै हुन सक्ने हुलदंगालाई मध्यनजर गर्दै प्रवेशमा कडाई गरिएको हो ।
कानुन व्यवसायीलाई समेत परिचयपत्र देखाएरमात्र सर्वोच्च तथा बार भित्र प्रवेश दिईएको छ ।
सर्वोच्च अदालत भित्र र बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ ।
यसै बिच प्रधानन्यायधिशले राजिनामा नदिए थप आन्दोलन चर्काउने नेपाल बार अशोसिएसनले चेतावनी दिएको छ । चेतावनी स्वरुप बार संग आवद्ध कैयन कानुन व्यवसायीहरुले कालो पट्टि बाँधेर बिरोध जनाएका छन् ।
यहि कार्तिक १४,१५,१६ र १७ गते प्रधानन्यायाधीश बिरुद्ध कालो पट्टि बाँधेर बिरोध गर्ने कार्यक्रम रहेको समेत कानुन व्यवसायीहरुले जनाएका छन् ।
त्यस्तै प्रधान न्यायाधीशको समर्थनमा केहि कानुन व्यवसायीले सेतो पट्टि बोधर समर्थन पनि जनाएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*