८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

सर्वोच्चद्धारा संसद विघटनको मुद्दामा कारण देखाउ आदेश,एमिकस क्युरी पनि झिकाउने


सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषद्बार भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्ने आदेश दिइएको छ ।

संसद विघटनको आदेशबिरुद्ध सर्वोच्च अदालतले शुक्रबार नेपाल बार र सर्वोच्च बारबाट ‘एमिकस क्युरी’ झिकाउने निर्णय गरेको छ।

रिटहरुको सुनुवाइका लागि संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबरासँगै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी तोकिएका थिए।

बहसका क्रममा अधिवक्ताहरुले अन्तरिम आदेश दिन आग्रह गरे पनि इजलासले अन्तरिम आदेशका लागि लामो बहस आवश्यक हुने बताएको थियो।

अधिवक्ताहरुले यसको पेशी निरन्तर गर्न पनि माग गरेका छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*