१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सरकारविरुद्ध आज देशभर प्रदर्शन गर्दै कांग्रेस

नेपाली कांग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनको नेतृत्व शीर्षस्त नेताहरूले देशका विभिन्न भागबाट गर्दैछन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले १० नाराका साथ शीर्ष नेता कुन जिल्लामा गएर सम्बोधन गर्ने भन्ने विषय तोकिएको जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा हेटौँडामा हुने प्रदर्शनमा सहभागी हुँदै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको प्रदर्शनमा सम्बोधन गर्ने कार्यतालिका बनाइएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने सम्बोधन गर्ने छैनन् । उनी कोरोना भाइरस पुष्टि भई होमआइसोलेशनमा बसेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषामा सम्बोधन गर्नेछन् भने सहमहामन्त्री प्रकाशशरण महतले झापा र पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रेमा सम्बोधन गर्ने कार्यतालिका छ ।

नेताहरू रामशरण महत, चित्रलेखा यादव, अर्जुनरसिंह केसी, गगन थपा, प्रदीप पौडेलले क्रमशः चितवन, सप्तरी, कास्की, कैलाली र कञ्चनपुरमा सम्बोधन गर्ने भएका छन् । कांग्रेसले प्रदर्शनको क्रममा लगाउने १० नारा पनि तय गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*