७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

सरकारले महोत्तरीको गौशालामा अतिक्रमन गरी बनाईएका ३० वटा घर टहरामा डोजर लगायो

महोत्तरी । महोत्तरीको गौशालामा सार्वजनिक जग्गा अतिक्रमन गरी बनाईएको टहरामा डोजर लागाएर भत्काईएको छ । सरकारले अतिक्रमित सरकारी, सार्वजनिक र गुठीको जग्गा फिर्ताको अभियानलाई तिब्रता दिदै आईतवार गौशालाको नाममा रहेको १सय४८ विघा सरकारकी जग्गामध्ये करिब १५ कट्ठा जग्गामा बनाइएको ३० वटा घर टहरा भत्काइएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको नेतृत्वमा गौशाला नगरपालिका वडा नम्बर ५ स्थित निगौन गाई गौशालाको नाममा रहेको अतिक्रमित जग्गा फर्काइएको पत्रकार देविका जि.एम. जानकारी दिईन् ।
प्रमुख जिल्ला अधिकारी सुर्य खत्री, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो, शसस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक गणेश ठाडामगर, प्रहरी नायब उपरिक्षक माधवप्रसाद पुडाशैनी, लगायतको उपस्थितीमा घरटहरा भत्काइएका हुन् ।

त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले जग्गा अतिक्रमन गर्ने व्यक्तिहरुलाई सार्वजनिक अपिल, समय दिएर सूचना टाँस तथा पत्र थमाउँदा समेत नहटेपछि आफै आएर हटाउन परेको बताईन् ।
सर्वजनिक जग्गा यदि कसैले किनबेच गरी पैसा बुझाएको भए जसलाई बुझाएको उसैसँग पैसा फिर्ता लिन समेत सम्वन्धी व्यक्तिहरुलाई आग्रह गरिन् । राज्यले बास्तविक सुकुम्वासीलाई बिस्थापित र अन्याय नगर्ने बरु व्यवस्थापन गर्न लागेको मन्त्री अर्यालले समेत बताईन् ।

राष्ट्रिय सहकारी विकास वोर्डको व्यवस्थापन र सञ्चालनमा रहेको निगौन गाई गौशालाको जग्गामा विभिन्न व्यक्तिहरुले पटकपटक अतिक्रमण गर्दै आएका थिए ।

पछिल्लो पटक सरकारले गएको माघ ७ गते अन्तिम सूचना जारी गरी जग्गा खाली गराइदिन आग्रह गरेको थियो । गएको वर्ष पनि सरकारले उक्त ठाउँको जग्गा फर्काउन पहल गरेको थियो । तर उनीहरुकै आग्रहमा सरकारले केही समय दिएको राष्ट्रिय सहकारी विकास वोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बताए ।
घरटहरा भत्काइएका मध्ये ३ घरपरिवार वास्तविक भूमिहिन सुकुम्बासी रहेका छन् ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले ती ३ घरपरिवालाई केहि समयकालागि वोर्डकै कार्यालयमा व्यवस्था गरिएको र पछी सरकारी ऐलानी जग्गा खोजेर त्यहाँ हस्तान्तरण गरिने बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*