६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

सरकारले बालबालिकालाई लक्षित गरि कोभिड–१९ विरुद्धको खोप ल्याउँदै

सरकारले बालबालिकालाई लक्षित गरि कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार चितवनमा सञ्चारकर्मीहरु संग कुरा गर्दै दसैँ अघि एक लाख डोज खोप ल्याउने तैयारी थालेको बताएका हुन् ।
बालबालिकाका लागि फाईजर खोपको सुनिश्चितता भइसकेको भन्दै ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको समेत राज्यमन्त्री श्रेष्ठले जानकरी दिए ।
खोपको भण्डारनका लागि अत्यधिक चिसो स्थान आवश्यक हुने भएको पनि मन्त्रालयले यस बिषयमा छलफल गरिरहेको पनि उनले बताए ।
चितवन रहँदा मन्त्री श्रेष्ठले भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरेका छन् ।
छलफलमा मन्त्री श्रेष्ठले अस्पताल सम्वन्धी योजनाहरुलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई कार्यान्वयन गरिने समेत बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*