१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सप्तरीको एक कृषि फार्ममा आगलागीमा परी २० गाई जले

सप्तरीको एक कृषि फार्ममा आगलागी हुँदा २० वटा गाईको जलेर मृत्यु भएको छ ।
बिहिवार राति अग्निसाइर कृष्णासावरण गाउँपालिका वडा नम्बर ५ को कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा आगलागी भएको थियो ।
फार्ममा पालिएको ६० मध्ये १० वटा गाई घाइते अवस्थामा भेटएका छन्, भने आगलागीमा परी ३० वटा गाई हराएका फार्मका संचालक मनोज कुमार साहको भनाई छ ।
फार्मका संचालक साहले राती एक्कासी विद्युत सर्ट भएर आगो लागेको बताए ।
आगलागीबाट गाई, गोठ, गाईलाई खुवाउने अन्नपात लगाएत भण्डै ५० लाख बढीको क्षति भएको साहको भनाई छ ।
आगो निभाउने क्रममा फार्मका अर्का सञ्चालक दिनानाथ साह पनि घाइते भएको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*