१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सनराइज बैंकको २३ औं वार्षिक साधारणसभा पुस २४ गते

सनराइज बैंकले पुस २४ गते २३ औं वार्षिक साधारणसभा डाकेको छ। बैंकले अनलाइन माध्यमबाट साधारणसभा सम्पन्न गर्ने जनाएको छ। बैंकले साधारणसभामा चुक्ता पुँजी ८.२८ प्रतिशत लाभांशको प्रस्ताव लैजाने भएको छ। बैंकले २.४८ प्रतिशत नगद लाभांश र ५.८० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। 

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ। साधारणसभामा बैंकको सञ्चालक समितिले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थालाई प्राप्त गर्ने वा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव लैजाने भएको छ। 

साधारणसभा प्रयोजनका लागि पुस ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ। पुस ६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन्। शेयरधनीहरु जुममार्फत् साधारणसभामा उपस्थित हुन सक्ने छन्। साधारणसभामा आफ्नो विचार राख्नका लागि ७ दिन अगाडि नै बैंकमा सम्पर्क गर्नु पर्नेछ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*