१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

सनराइज बैंकको डेपुटी सीईओमा आरती राणा नियुक्त


सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत डेपुटी सीईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको गत आइतबार बसेको बैठकले राणालाई डेपुटी सीईओ पदमा नियुक्त गरेको हो ।

यसअघि राणा सोही बैंकको डेपुटी जनरल म्यानेजर डीजीएम पदमा कार्यरत थिइन् । झण्डै दुई दशकदेखि बैंकिङ्ग क्षेत्रमा रहेकी राणा गत २०७६ असोजमा सनराइज बैंकमा डीजीएमको पदमा आवद्ध भएकी थिइन् ।

औपचारिक रुपमै २००३ सालमा पहिलो पटक एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रूपमा बैंकिङ्ग क्यारियर शुरू गरेकी राणाले बैंक तथा वित्तिय क्षेत्रमा धेरै अनुभव बटुलिसकेकी छिन् । राणाले यसअघि मार्केटिङ, रिटेल बैंकिङ्ग, शाखा प्रबन्धन, कर्पोरेट लेन्डिङ्ग र पूर्वाधार परियोजनादेखि बैंकिङ्ग वित्तिय क्षेत्रको विविध क्षेत्रको जिम्मेवारी सम्हालिसकेकी छिन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*