१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज

दुवै पक्षका शीर्ष नेताहरुबीच सहमति नभइरहेका बेला सत्तारुढ नेकपाको स्थायी समिति बैठक आज अपराह्न बस्दैछ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको आरोप पत्र र त्यसमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रत्युतरबारे छलफल हुनुपर्ने विषय टुंगोमा नपुग्दासम्म स्थायी समिति बैठकको एजेन्डा तय भएको छैन ।

प्रचन्ड–माधव नेपाल पक्षका नेताहरु आरोपपत्रबारे स्थायी समतिमा छलफल हुनुपर्ने अडानमा छन् भने अर्का अध्यक्ष ओली प्रस्ताव फिर्ता लिनुपर्ने अडानमा छन् । हिजो शनिबार प्रधानमन्त्री ओलीले प्रचन्डलाई उनकै निवास खुमलटारमा भेटेर आरोपपत्र फिर्ता लिन अनुरोध गरेका थिए ।

शीर्ष नेताहरुको आरोप÷प्रत्यारोप पत्र फिर्ता लिएर सहमतिको प्रयासका लागि दोस्रो तहका नेताहरु सक्रिय छन् । सुवास नेम्वाङ, घनश्याम भुसाल, योगेश भट्टराई, रामबहादुर थापा लगायतका नेताहरु शीर्ष नेतृत्वलाई सहमतिमा ल्याउने प्रयासमा छन् ।

अध्यक्ष ओलीले स्थायी समितिका पछिल्ला २ बैठकमा सहभागिता जनाएका थिए । त्यसमध्ये पहिलो बैठकले पार्टीका नेता कमानसिंह लामाप्रति श्रद्धान्जलि प्रस्ताव पारित गरेको थियो भने दोस्रो बैठकमा संवैधानिक परिषद अध्यादेश फिर्ताबारे छलफल भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*