१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

सडकको असंतुष्टी सरकार विरुद्धको हो, सच्चिए सवै ठिक हुन्छ : नेपाली कांग्रेस

नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलिय बैठकमा कांग्रेस नेताहरुले सरकार सच्चिएर संविधानको मर्म अनुसार चल्दा सवै कुरा ठिक हुने बताएका छन् ।

कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको बताएका छन् । सरकारका कामका कारण देशमा व्यापक असन्तुष्टि भएको र त्यो असंतुष्टी राजवादी वा अरु नाममा सडकमा प्रकट भएको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले बताए ।

बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको बताएको छ । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसदको बैठक तत्काल बोलाउन समेत माग गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*