२ जेष्ठ २०८१, बुधबार  |  15 May 2024,Wednesday
Ad

सचिवालयमा माधव नेपाल अल्पमत : महाधिवेशन प्रस्ताव अस्विकृत

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै सचिवालयमा अल्पमतमा परेका छन् । यसको पछिल्लो उदाहरण हो, माघमा गर्ने भनिएको महाधिवेशन सचिवालयले अस्वीकृत गर्दा अनिश्चित बनेको छ ।

पार्टी स्थापनाको दोस्रो वर्षमा गर्न लागेको १० औं महाधिवेशन अनिश्चित बनेको एक सचिवालय सदस्यले बताए । अध्यक्षले स्थापनाको दोस्रो वर्षमै १० औं भनेकोले राजनीतिक वृत्तमा आलोचना भएको थियो ।

यस पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पनि यसमा चित्त बुझेको थिएन र उनले माघमा महाधिवेशन सम्भव नहुने अडान राखेपछि सचिवालय बैठकबाटै यो विषयमा कुनै निर्णय हुन सकेन ।

पार्टी सचिवालय सोमबारेको बैठकमा अध्यक्ष नेपालले आगामी माघ ५–७ गते गर्ने जनकपुरमा महाधिवेशन हुने गरी प्रस्ताव गरेका थिए । तर, ३ महिने अभियानकै बेला महाधिवेशन तयारी सम्भव नहुने सम्मानित नेता खनाललगायतले राखेपछि बैठकमा कुनै ठोस निर्णय भएन ।

‘सचिवालयका थुप्रै सदस्यले पार्टीको तत्कालीन कार्ययोजना र महाधिवेशनबीच सन्तुलन मिलेन भनेर अध्यक्षको प्रस्ताव कार्यान्वयन गर्न नसक्ने बताए,’ पार्टीका पदाधिकारीको भनाइ छ, ‘अलि कन्ट्रोभर्सी भयो भनेपछि विवाद जस्तै पर्‍यो। अध्यक्षको महाधिवेशन प्रस्ताव पनि पारित भएन ।’

बैठकमा खनाललगायत नेताहरूले केन्द्रीय सदस्य टुंगो लगायर अन्य निर्णय पछि गर्न सुझाव दिएका थिए। ‘केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजन हेरफेरको विषयमा अध्यक्षले ल्याएको प्रस्ताव अस्वीकृत भयो र सो प्रस्ताव सोमबारको बैठकमा पेस हुनै सकेन ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*