४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

संसद होइन केपी ओलीको सरकार भंग भयो : प्रचण्ड


सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संविधानले व्यवस्था नै नगरेकाले केपी ओलीले भंग गरेर संसद विघटन नभएको बताएका छन् । संसद विघटनका विरुद्धका काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद अझै जिवित रहेका तर केपी ओलीको सरकार भंग भएको बताए ।

उनले आफैले बनाएको संविधान च्यात्ने सरकार स्वतः भंग भएको बताए । उनले आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा मागे । उनले ओली संघीयता, धर्मनिपरपेक्षताविरोधी भएको बताए ।

आफूले ओली सच्चिए होलान् भन्ने लागेको तर ओलीलाई बुझ्न कमजोरी भएको बताए । कम्युनिस्ट पार्टीको अध्यक्षबाट यस्तो हुन्छ भन्ने सपनामा पनि नसोचेको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*