६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

संसद विघटन विरुद्ध निर्णायक प्रदर्शनको तयारीमा छौ : प्रचण्ड

सत्तारुढ नेकपा दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् विघटनविरुद्धको अब निर्णायक प्रदर्शन गर्ने बताएका छन्। सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले माघ ९ गतेको प्रदर्शले ठूलो तरङ्ग ल्याएको र अब हुने प्रदर्शनलाई निर्णायक बनाइने बताए। उनले अबको प्रदर्शनले समग्र राष्ट्रलाई प्रतिनिधित्व गर्ने समेत दाबी गरे।

उनले काठमाडौंमा माघ ९ को भन्दा अझ ठूलो प्रदर्शन गर्नुपर्ने आवश्यकता महशुस गरेको बताए । प्रचण्ड–नेपाल समूहले माघ ९ गते काठमाडौंमा गरेको सभालाई प्रधानमन्त्री केपी ओलीले सानो गल्लीमा गरेको र्‍याली र वास्तविक र्‍याली कस्तो हुन्छ आफूहरु गरेर देखाउने बताएका थिए। सोही टिप्पणीको जवाफ दिँदै दाहालले ओलीले जतिसुकै ठूलो वा सानो र्‍याली गरेपनि त्यो पञ्चर्‍यालीभन्दा ठूलो नहुने दाबी गरे।

सोमबार प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। यही माघ १३ गतेदेखि २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*