१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

संसद विघटन असंवैधानिक : प्रथम राष्ट्रपति यादव

प्रथम राष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए ।

पूर्वराष्ट्रपति यादवले नेपालको राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यान केन्द्रीत भएको भन्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।

२०३३ सालमा बीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै पूर्वराष्ट्रपति यादवले अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए  ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*