१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

संसद विघटनका विरुद्ध नेकपा कै कार्यकर्ता सडकमा

संघीय संसद्को प्रतिनिधिसभा विघटन भएको निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा प्रदर्शन सुरु भएको छ । दिउँसो ३ बजेदेखि काठमाडौंको माइतीघर क्षेत्रमा नेकपासम्बद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता पनि प्रदर्शनमा उत्रिएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१० र ७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ

प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश भएको भन्दै नेकपाका कार्यकर्ता सडकमा आएका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*