१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

संसदको विषेश अधिकारी प्रयोग गरि संसद बोलाउने बारे सभामुख परामर्शमा

राष्ट्रपतिले संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा परामर्शमा जुटेका छन् । उनले कानुनका जानकारहरुसंग संसदको विशेषधिकार प्रयोग गर्दै संसद अधिवेशन आह्वान गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा छलफल गरेको बताइएको छ ।

संविधानको धारा १०३ मा रहेको संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था प्रयोगका बारेमा उनले छलफल गरिरहेको बुझिएको छ । संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ–‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ ।

यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन ।’ सो व्यवस्था सभामुखले प्रयोग गर्न सक्ने–नसक्ने विषयमा छलफल जारी रहेको सापकोटाको सचिवालय स्रोतले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*