१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

संविधानको रक्षाका लागि कांग्रेस झुक्दैन पनि चुक्दैन पनि :सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा बनेको संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेस कोहीसंग नझुक्ने र कसैसंग नचुक्ने बताएका छन् ।

मेलमिलाप दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल कार्यक्रममा देउवाले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सम्वर्धन विरोधी गतिविधि हुन कांग्रेसले नदिने बताए ।

देउवाले वीपी कोइरालाले ०३३ सालमा राष्ट्रिय एकता र मेलमिलाप आह्वान गर्दै स्वदेश फर्केर लिनुभएको नीति आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । जनताको लोकतान्त्रिक हक अधिकार शान्तिपूर्ण ढंगले जनतालाई दिलाउन उहाँले लिएको नीतिकै जगमा ०४६ सालको परिवर्तन भएको उनले बताए ।

त्यही नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोजेको, तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको देउवाको भनाइ छ । वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिंडेका माओवादीहरूलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको पनि देउवाले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*