४ जेष्ठ २०८१, शुक्रबार  |  17 May 2024,Friday
Ad

श्रीस्वस्थानी व्रत सुरु

हरेक बर्षको पौष शुक्ल पूर्णिमा देखि सुरु हुने श्रीस्वस्थानी व्रत आज सोमबार देखि प्रारम्भ भएको छ ।
माघ शुक्ल पूर्णिमा सम्म एक महिना सम्म चल्ने यो समयमा बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
पौष शुक्ल पूर्णिमा देखि चोखो भई सुद्ध वस्त्र धारण गरि सुरु गरिने यो व्रतको अवसरमा आज देशै भरका पवित्र खोला, नदी तथा पवित्र धार्मिक कुण्डहरुमा स्नान गरि व्रत बस्ने र स्वस्थानी कथा सुन्ने सुनाउने चलन छ ।
यस्तो गर्दा मनोकाँक्षा पुरा हुने धार्मिक विश्वास छ ।
यस अवसरमा काठमाडौं उपत्यकाको साँखु स्थित शालीनदीमा एक महिने माधवनारायण मेला प्रारम्भ भएको छ ।
तर यस बर्ष कोरोना संक्रमण फैलिने डरले मेला नलगाई व्रत बस्ने तथा स्नानको व्यवस्था मात्र मिलाईएको शालीनदी सुधार समितीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*