१२ बैशाख २०८१, बुधबार  |  24 April 2024,Wednesday
Ad

शेयर बजारमा केहि सुधार, सोमवार सात अङ्कले बढ्यो

१३, फाल्गुन, काठमाडौँ । लागानी कर्तालाई निरासा बनाउँदै लगातार ओरालो झरेको शेयर बजारमा सोमवार (आज) भने सुधार स्थीतिमा देखिएको छ । कारोवारको मापक नेप्से परिसूचक ७.४१ बिन्दुले बढेर एक हजार १०९.७३ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५९ बिन्दुले बढेर २३५.७८ बिन्दुमा पुगेको छ । कूल १६६ कम्पनीको सात लाख २० हजार ८४५ कित्ता शेयर रु २० करोड ३८ लाख ३९ हजार ८६४ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये सोमाबार (आज) वित्त क्षेत्रको शेयर भने ओरालो लागेको छ । उक्त उपसमूह ०.६५ बिन्दुले घट्दा बैंकिङ ४.०७, होटल १.५२, विकास बैंक २.२७, जलविद्युत ५.१३, निर्जीवन बीमा ७२.१७, उत्पादन २०.३७, अन्य १०.५८, लघुवित्त १०.५१, जीवन बीमा ६०.०२ बिन्दुले बढेको छ ।
बढेको शेयर बजार अन्र्तगत आँखुखोला जलविद्युत कम्पनीका शेयरधनीले ६.४९ प्रतिशत कमाएका छन । यस्तै पु्रडेन्सियल इस्योरेन्स कम्पनी ५.८६, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३.७७ प्रतिशत कमाएका छन । यस्तै सहयोगी विकास बैंकका शेयरधनीले ८.८८ प्रतिशत, ग्लोबल आइएमइ समुन्नति स्किम एक ५.६२, नेशनल हाइड्रोपावर कम्पनी ३.२२, मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले गुमाएका छन् ।
नबिल बैंकको सोमवार (आज) रु दुई करोड ५० लाख ७१ हजार २६९, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ४० लाख १२ हजार ६४३, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी लिमिटेड रु ७८ लाख ८६ हजार ५४२, एशियन लाइफ इन्स्योरेन्स कम्पनीको रु ६८ लाख ६८ हजार ८८३ मूल्यमा खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*