१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

शुक्रबार पनि मौषम बदली सहित पानी पर्ने

काठमाण्डौ । लगातार केहि दिन देखिको मौषम बदलि संगैको चिसोले मुलुकको जनजिवन प्रभावित भएको छ । मौषम बदलि संगै मुलुक भरका अधिकाँस स्थानमा पानी परेको छ । पश्चिमी वायुको प्रभावले लागातार देशभरिकै मौसम बदली भइरहेका कारण जनजिवन कष्टकर बनेको छ ।

केहि दिन यता पश्चिमको बाजुरा, दिपायल, लागाएत पाहाडी तथा हिमाली जिल्लाहरुमा निरन्तर हिउँ परिरहेका कारण अत्यधिक चिसो बढेको स्थानिय बासीले बताएका छन् ।
यता पूर्वको दोलखाको शैलुङ्ग, ताप्लेजुङ, ओखलढुङ्गा लागाएतका उच्च भेगमा हिमपात भैरहेको छ ।

तराईका सिराहा, सप्तरी धनुषा, महोत्तरी, बाँके लागायतका स्थानमा केहि दिन देखि घाम लागेको छैन् ।
अत्याधिक चिसोका कारण तराईको जनजिवन कष्टकर भएको महोत्तरीबाट स्थानीय पत्रकार अनु खनालले जानकारी दिईन ।
जाडोका कारण तराईका बिभिन्न स्थानमा दाउरा बालेर आगो ताप्नेको संख्या ठुलै देखिन्छ । चिसोका कारण तराईमा यस बर्ष मानिसको मृत्यु भने भएको जानकारी आफुहरु संग नरहेको मिथिला नगरपालिका धनुषाका कार्यकारी अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।
नगरपालिका क्षेत्रका गाउँ–गाउँमा आगो ताप्नकालागि नगरपालिकाले दाउरा समेत बितरण गरेको कार्यकारी अधिकृत कार्कीले बताए ।

पश्चिमी वायुको उच्च प्रभावले देशभरिकै मौसम बदली भइ रहेका कारण पानी र हिँउ परेको मौषम पुर्वानुमान महाशाखाले भनाई छ ।
यो क्रम शुक्रवार भोलि पनि निरन्तर रहन सक्ने समेत शाखाको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*