४ बैशाख २०८१, मंगलवार  |  16 April 2024,Tuesday
Ad

विश्व बैंकले नेपाललाई १० करोड डलर आर्थिक सहायता दिदै

काठमाडौँ, । विश्व बैंकले नेपाललाई १० करोड डलर बरावरको आर्थिक सहायता दिने भएको छ ।
बैंकले ऊर्जा विकाससँगै कोरोना भाइरसको सङ्कट व्यवस्थापनलाई मध्यनजर गर्दै उक्त परिमान बराबरको आर्थिक सहायता दिन लागेको हो ।

अर्थ मन्त्रालयमा बुधबार अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपाल स्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले विकास नीति ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपालको ऊर्जा क्षेत्रको वित्तीय अवस्थामा सुधार ल्याउन र कोभिड–१९ सङ्कट सँग जुध्न सघाउने उद्देश्यले ऋण सहयोग गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका देशीय निर्देशक जार्भोसले कोभिड–१९ सङ्कटका बेलामा नेपाललाई सहयोग गर्न पाउँदा आफु खुसी रहेको बताए । जार्भोसल नेपालसँगको ५०औँ वर्ष सम्मको सम्बन्ध सुमधुर रहेको र थप निरन्तरता दिँदै दीर्घकालीन योजना सम्पन्न गर्न पनि सघाउने प्रतिवद्धता जनाए ।

त्यस अवसरमा अर्थमन्त्रालयका अर्थ सचिव ढुङ्गानाले नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग गरेकोमा विश्व बैंकलाई धन्यवाद दिए । यस सहयोग नेपालको ऊर्जा क्षमताको समुचित विकास गरी विद्युत् सुविधाको पहुँच वृद्धिका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*