१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

विवाह भोजमा सहभागी एकै टोलका ३५ जनामा कोरोना पुष्टि

विवाह भोजमा सहभागी भएका बागलुङ ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा दुईसाता अघि भोज खाएका केहिमा रुघाखोकी, जोरो लगाएत कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले पीसीआर परीक्षण गराएको थियो ।
नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसर ५० जनाको पीसीआर परिक्षण गरिएकोमा ३५ जनामा संक्रमण पुष्टि भएको बताए ।
एकै टोलभरि नै संक्रमण देखिएपछि प्रशासन र नगरपालिकाले अहिले उक्त क्षेत्रलाई सिल गर्ने तयारी गरेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताईन ।
यस अघि कोरोना संक्रमणबाट बागलुङकै बडिगाड गाउँपालिकामा विवाहको भोज खान गएका वडा नम्बर ४ का एकै परिवारका ४ जनासहित ७ को मृत्यु भएको थियो ।
एकै पटक एउटै टोलमा यति ठुलो संख्यामा संक्रमण पुष्टि भए पछि त्यस क्षेत्रका बासी त्रसित बनेका छन् ।
निषेधाज्ञाको समयमा विवाह भोज, जस्ता कार्यक्रममा धुमधाम र भिडभड नगर्न स्थानीय प्रशासनले रोक लगाए पनि टोलबासीले व्यवास्था गरेका कारण समस्या आएको बताईएको छ ।
त्यस क्षेत्रमा प्रशासनले अहिले थप कडाई गर्ने तैयारी गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*