७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

विवादस्पद अध्यादेश बारे मन्त्रीपरिषदमा छलफल नै भएन


विहीवार बसेको मन्त्रीपरिषद बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता गर्ने बारेमा कुनै पनि छलफल नै भएन । अध्यादेशबारे मौन रहँदै विहीबारको नियमित बैठक सकिएको छ । साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आज विहीबार नियमित साप्ताहिक बैठक बसेको र अध्यादेशबारे कुनै छलफल भएको छैन् ।

प्रधानमन्त्रीले मुख्यसचिवलाई ल बैठक सुरु गर्नोस् भनेपछि बैठक नियमित एजेण्डाहरुमा प्रवेश गरेको थियो । स्रोतका अनुसार राजनीतिक परिस्थितबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई केही पनि ब्रिफिङ गरेनन् ।

करिब एक घण्टासम्म बसेको बैठन साँझ ७ बजे सकिएको थियो । सो अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी ओली पार्टीको बुधवार बसेको स्थायी समितिको बैठकमा सहमत भएका थिए । तर उनले आजै अध्यादेश फिर्ता नगरि संवैधानिक परिषदको बैठक बोलाएका थिए ।

तर विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटा र प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबरा नआउने भएपछि बैठक स्थागित गरेका थिए । पुन परिषदको बैठक डाकिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग आपत्ति जनाएका थिए । दाहालले आजैको क्याबिनेटबाट अध्यादेश फिर्ता लिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री ओलीले चाहिँ अध्यादेश फिर्ता लिन आनाकानी गर्दै राष्ट्रपतिलाई भेटेपछि मात्रै लिऔंला भन्ने जवाफ दिएका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*