६ बैशाख २०८१, बिहीबार  |  18 April 2024,Thursday
Ad

विप्लव समुहद्धारा घोषित आम शैक्षिक हडतका कारण पठनपाठन ठप्प ।


२४ माघ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको आम शैक्षिक हड्तालका कारण आज देशभरका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
२०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न घोषणा गरेपनि त्यसको उल्लङ्घन गरि विप्लव समुहले शैक्षिक संस्थामा हड्तालको घोषणा गरेको हो । हड्तालका कारण केहि स्थानका एक आध विद्यालय वाहेक सम्पुर्ण निजि तथा सामुदायिक विद्यालय वन्द छन् ।
यही माघ १७ गत अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाईे मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको वताईएको छ ।
काठमाडौ लगायत उपत्यका वाहिरका केहि विद्यालयले भने जोखिम मोलेरै भएपनि पठन पाठन सुचारु गरेको वताएका छन् । विभिन्न हड्तालका नाममा विगतका वर्षमा शैक्षिक संस्थामा समेत आक्रमण गरि केहि बिद्याथीको ज्यान गए पछि अभिभावक भने बच्चा बच्चि बिद्यालय पठाउन डराएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*