१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

वसन्तपञ्चमी मनाईयो, बालबालिकालाई अक्षर चिनाईयो


२७, माघ काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन आज (आइतबार) विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाईएको छ ।
सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने धार्मिक विश्वास संगै देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्यो । विहानै देखि विद्यालयमा रहेको सरस्वतीको मन्दिरमा पुजा गर्ने तथा सांस्कृतिक कार्यक्रमका लागि बाल–बलिकाको चहलपहल देखियो । विद्यालय जाने उमेर भएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन बाल–बालिकालाई लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास संगै अक्षरारम्भ गराउने चलन चलेको हो ।
हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गरको पाईन्छ ।
साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्र्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । जसबाट विद्या र सिर्जना बढने बिश्वास छ ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिएको हो । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । भने ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।
आजको यस दिनलाई बिशेष दिन मानि विवाह, व्रतबन्ध, गुफा राख्ने र नेवारी समुदायको (इही) बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्यकालागि साइत हेर्र्नै नपरी शुभ कार्य गरिदै आएको पाईन्छ । यस दिन बालबालिकालाई नाक–कान छेडिदिने परम्परा समेत छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*